Posted by Rajendra Bishwakarma on July 1st, 2009 in लेख-विचार
उर्मिला विश्वकर्मा
ललितपुर, प्युटारकी प्राध्यानाध्यापिका विमला लामाले शिक्षितपनको नमुना पेस गरिन्, कल्लीकुमारी विकलाई बोक्सीको आरोपमा दिसा खुवाएर । सुनेकी थिएँ, यस्तो कूकर्मको फलस्वरूप उनले गाउँ छाड्नुपरेको थियो, जागिरबाटै हात धुनुपरेको थियो । तर, कल्लीकुमारीमाथि अपमान गर्ने लामालाई गाउँमा सम्मान गरियो र शिक्षिकाकै रूपमा काममा फर्काइयो भन्ने खबरले मनमा थुप्रै प्रश्न उठायो ।
पहिलो प्रश्न प्युटारवासीकै व्यवहारमाथि उठ्यो : के अब विद्यार्थीले उनीबाट गरिब महिला बोक्सी ठहर्याउने ज्ञान र बोक्सीलाई बकाउने पाठ सिक्ने भए ? कानुनी सजाय भोग्ने क्रममा तारेखमा मुद्दा खेपिरहेकी व्यक्तिले सुन्दर भविष्य बोकेका बालबालिकालाई के शिक्षा देलिन् ? मुहानै फोहोर भएपछि पानी कसरी सफा बग्न सक्छ ? अब उनले पढाएका विद्यार्थीले अरूलाई बोक्सी भन्दै अपमान गर्दै हिँड्ने त होइन ? Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 29th, 2009 in लेख-विचार, दस्तावेज
रामप्रीत पासवान, सभासद्
सन्दर्भः
जन आन्दोलन भाग-२ र मधेस आन्दोलन २०६३ ले ल्याएको राजनीतिक परिवर्तनले संविधान सभाको गठन संविधान निमार्णको कार्य तालिक तयार गरि संविधान निर्माणको प्रकृयामा प्रवेश गरेको छ । यस देशका सम्पूर्ण उपेक्षित उत्पिडित वर्ग समुदाय जातजाति जनजाति दलित महिला मधेसी आदि सवैले आ-आफ्नो अधिकार सुनिश्चितताको अपेक्षा गरेका छन् र हुन पर्दछ । तर हालसम्म पनि ठोस रुपमा यस तर्फ पहल भएको पाइन्दैन । समावेसीकरणका निम्ति शक्तिको वाँडफाँड र उपलव्ध स्रोत र साधनमाथी सवैको समान पहुँचको सुनिश्चितता गर्न सैद्धान्तिक रुपमा देश संघियतामा प्रवेश गरिसकेको छ । यद्यपी संघीयताको वहस भने यथोचित मात्रामा हुन सकेको छैन । संघीयताको वहस गर्दा सिमान्तकृत समुदायको÷जातिको समावेशीकरण सम्वन्धि गहन छलफलको टड्कारो रुपमा महसुस गरिएको छ । यसै सन्दर्भमा मधेसी दलित समुदायको समावेसीकरणका बारेमा छलफल गर्न यो कार्य पत्र निर्माण गरिएको हो । यसको पुर्णपाठ पढ्नको लागि यहाँ क्लिक गरि डाउनलोड गर्नु होला ।
नोट: मधेशी विकास महासंघद्वारा मिति २०६६ जेष्ठ २३ गते काठमाडौंमा आयोजना गरिएको
नयाँ संविधानमा संघीयता र दलित सेमिनारमा संविधानसभासद् रामपि्रत पासवानले प्रस्तुत गर्नु भएको कार्यपत्र हो ।
Posted by Rajendra Bishwakarma on June 29th, 2009 in प्रेस विज्ञप्ती
मितिः २०६६ असार ०४
दलित माथी कुटपिट एवं जातिय विभेदको सम्बन्धमा जारी गरिएको
प्रेस विज्ञप्ती
काठमाडांै जिल्ला का।म।पा।वडा नं ५ हाँडीगाँऊ बस्ने वर्ष ३६ को सुरेन्द्र रसाइलीलाई सोही स्थानमा अवस्थित गोरखनाथ मन्दिर योगी नरहरिनाथ आश्राम पाचधाम पाचधारामा मिति २०६६÷३÷२ गते बेलुका करिब ५ बजे तिर उक्त मन्दिरमा पुजा गर्न जाँदा सोही मन्दिरका पुजारी वेद प्रसाद आचार्यले सुरेन्द्र रसाइलीलाई दलित समुदायको मानिसले मन्दिरमा पुजा-आजा गर्दा अपवित्र हुन्छ भनी विभिन्न किसिमका अपमानजनक शब्द प्रयोग गर्दै गाली गलौजका साथै कुटपिट समेत गरी जातिय विभेद गरी मानव अधिकारको ठाडो उल्लनघंन गरेकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 28th, 2009 in समचार
रणध्वज लोहार
सुनसरी १३ असार-आफूलाई पैसाको खाँचो परेपछि सुनसरीको लौकहीको एक मरिक समुदायका अगुवाले अर्को समुदायका अगुवालाई गाउँ नै बन्धकीमा राख्ने गरेका छन् । आफ्ना समुदायका गाउँलेलाई जानकारी नै नदिई गाउँ नै त्यसरी बन्धकी राखिने गरिएको हो ।
हालैमात्र सुनसरीको लौकही गाविसमा रहेको एउटा मरिक समुदायका अगुवा दुखी मरिकले आफ्नो स्वामित्वमा रहेको गाउँ अर्का समुदायका विन्देश्वरी मरिकलाई पन्ध्र हजार रुपियाँमा बन्धकी राखेका छन् । गत असार ८ गते उनले आफ्नो गाउँ बन्धकी राखेका हुन् । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 28th, 2009 in लेख-विचार, संविधान सभा
सुभाष दर्नाल
रिपोर्ट
नयाँ संविधानमा दलितले चाहेका कुरा
इन्टरनेशनल क्राइसिस ग्रुपजस्ता अनुसन्धान संस्थाहरूले समावेशीकरणको सूचीमा नेपाल विश्वको चौधौं देश बनेको उल्लेख गरेका छन्। यो ठूलो परिवर्तन हो। तर संवैधानिक रूपमा यसको फाइदा समाजको तल्लो तहसम्म पुर्याउनु अबको प्रमुख चुनौती हो।
नेपाली समाज तीब्र रूपमा परिवर्तन र पुनर्गठनको प्रक्रियाबाट गुजि्ररहेको छ। ६०१ जनाको समावेशी संविधानसभाले १५ जेठ २०६५ मा २४० वर्ष पुरानो हिन्दू राजसंस्थालाई खारेज गरी संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो जसले परम्परागत मूल्य-मान्यता र इतिहासको क्रमभङ्ग मात्र गरेन, राष्ट्रलाई नयाँ युगतिर पनि डोर्यायो। यसले पुरानो राज्यव्यवस्थाका खोटहरू उजागर गरिदिनुका साथै समावेशी नयाँ राज्य-संरचना निर्माण गर्ने चुनौतीपूर्ण बाटो खोलिदिएको छ। दूरदराजमा रोपिएको उपेक्षित जाति, जनजाति, क्षेत्र, वर्ग र लिङ्गका मुद्दालाई सम्बोधन गरी राज्य पुनर्गठन गर्ने नाराले समाजलाई यति गहिरोसँग हल्लाइदियो कि अहिले राज्यको मूलप्रवाह नै त्यही बनेको छ। दशवर्षको सशस्त्र विद्रोह र १९ दिने शान्तिपूर्ण जनआन्दोलनले केन्द्रीकृत राज्यसत्ताको एकल जातीय वर्चस्वलाई सिर्जना गरेको चुनौती टालटुले रूपमा पन्छाउन सक्ने अवस्थामा अहिले कुनै राजनीतिक पार्टीहरू छैनन्। Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 26th, 2009 in समचार
रणध्वज लोहार
सुनसरी असार १२- सुनसरीको सदरमुकाम ईनरुवा आठ बुदे इनरुवा घोषणापत्र जारी गर्दै विहीवार बृहत दलित भेला सम्पन्न भएको छ ।
घोषणा पत्रमा नयाँ संविधानमा दलित अधिकारको ग्यारेन्टि गर्नुपर्ने राज्यको हरेक अंगमा जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने दलितलाइ उच्चशिक्षा निशुल्क हुनुपर्ने कुल बजेटको पाँच प्रतिशत दलितको बिकासमा खर्च गर्नु पर्ने लगायत रहेको छ ।
कार्यक्रमलाइ सम्बोधन गर्दै दलित बर्ग उत्थान विकास समितीका राष्ट्रिय निर्देशक प्रभुहजारा पासवानले संबैधानीक अधिकारको ग्यारेन्टि नभए सम्म दलितले मुक्ति नपाउने बताउनु भयो । उहाले दलितहरुले आफ्नो अधिकार स्थापित गर्न स्वयम दलितहरुको एकता हुनु पर्नेमा समेत जोड दिनु भयो । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 26th, 2009 in समचार
अर्जुन पौडेल
काठमाडौं, ११ असार
बोक्सीको आरोपमा दलित महिलालाई दिसा कोच्याउने प्रधानाध्यापिका विमला गोलेलाई ललितपुर प्युटारवासीले फूलमालाले स्वागत गरेका छन् । चार दिन प्रहरी हिरासतमा बसेर धरौटीमा रिहा भएकी विमलालाई निर्दोष भन्दै गाउँवासीले अभिनन्दन गरेका हुन् ।
बोक्सीको आरोपमा प्युटारकी कल्लीकुमारी विकलाई चरम यातनासहित दिसा कोच्याएर फरार भएकी विमलालाई प्रहरीले गत २७ जेठमा पक्राउ गरी चारदिनपछि धरौटीमा छोडेको थियो । ‘विमला निर्दोष छिन् भन्दै गाउँलेले उनलाई फूलमाला लगाएर अभिनन्दन गरे,’ एक स्थानीयवासीले बताए ।
दलित महिलालाई यातना दिएको अभियोगमा मुद्दा खेपिरहेकी विमलालाई गाउँलेले उनले पढाउने गडिभञ्ज्याङ प्राथमिक विद्यालयमा स-सम्मान फर्काएका छन् । विमला भोलेन्टिएर्स शिक्षिकाका रूपमा सो विद्यालयमा पढाउँदै आएकी थिइन् । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 25th, 2009 in लेख-विचार, दस्तावेज, संविधान सभा
सन्तबहादुर नेपाली
विषय प्रवेश
मुलुक अहिले राज्य पुनर्संरचना सहितको नयाँ संविधान निर्माणमा जुटेको छ। ०६२/६३ को महान् ऐतिहासिक जनआन्दोलनले केन्द्रिकृत सामन्ती एकात्मक राज्य व्यवस्थालाई समाप्त पारिदियो। देशमा २३८ वर्षसम्म सामन्ती राजतन्त्रात्मक व्यवस्था अन्तर्गत देशका आदिवासी, जनजाति, दलित, महिला, पिछडिएका क्षेत्र लगायत बहुसंख्यक जनता आर्थिक, सामाजिक तथा राजनैतिक अधिकारबाट बञ्चित हुँदै आए। ती जनतालाई वास्तविकरूपमा अधिकार सम्पन्न बनाउनु र शासकहरूले प्रयोग गर्दै आएको अधिकारलाई उत्पीडित जनतासमक्ष हस्तान्तरण गर्नु जनआन्दोलनको ध्येय थियो। त्यसको लागि राज्यको पुनर्संरचना गर्नु पहिलो आवश्यकता हो। Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 22nd, 2009 in समचार
महेशकुमार खाती
बागलुङ, ८ असार- प्रहरीले कुटपीट गरॆको बिरोधमा बागलुङ जिल्लाका दलितहरुले आज बागलुङ बजार बन्दको आह्वान गरेपछि प्रहरी र बन्दकर्ताबिचमा झडप हुदाँ ३ दलित सहित १२ घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङमा हिजो अन्तरजातिय बिवाहको बिषयमा छलफल हुदै गर्दा प्रहरीले हस्तक्षेप गरी कुटपीट गरी बागलुङका ४ दलित अधिकारकर्मीहरु घाइते भएपछि बिरौधमा दलितहरुले आज बन्दको आह्वान गरेका थिए ।
बागलुङ नगरपालिका रामरेखा निवासी राहुल किसान र दमेक घर भएकी निता थापा मगर बीच करिव ३ साता अघि अन्तरजातिय बिवाह भैसकेको बिषयमा छलफल हुदै गर्दा पीडित पक्ष र प्रहरीबिचमा विवाद भइ प्रहरीले कुटपीट गर्दा ४ दलित अधिकारकर्मी घाइते भएका थिए । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 17th, 2009 in समचार, Photo तस्विर

रुपा गहतराज
नेपालगन्ज २ असार- जनआन्दोलन ०६२÷६३ की शहिद सेतु विकको शालिक तोडफोड र आगजनिपछि क्षेतिग्रस्त भएको एक महिना पुगेपनि पुननिर्माणमा भने कसैले चासो दिएका छैनन ।
नेपालगंजको न्युरोडमा रहेको शहिद बिकको शालिकमा अपरिचित समुहले बैशाख २० गते राति आगजनि र तोडफोड गरि क्षेतिग्रस्त पारेको थिय । आगजनि र तोडफोडबाट कुरुप शालिकलाइृ हाल कपडाले छोपेर राखिएको छ । घटनास्थलमा प्रहरीले हिमाली भिषणबाघ नामक समुहको पर्चा फेला पारेको थियो । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 17th, 2009 in समचार
Posted: June 15, 2009
१ असार, दाङ । दाङको लमहीस्थित अर्जुन खोलामा रहेको नेपाली सेनाको बेश क्याम्पले बिच्छाएको माइनमा परी आज बिहान घाईते भएका एक युवकको मृत्यु भएको छ । माईन विष्फोटनमा परी घाइते भएका बर्दिया जिल्लाका गोपाल बिकलाई प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाहिर रिफर गरीएको थियो । उपचारको लागि लैजादै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 17th, 2009 in समचार
Posted: June 15, 2009
रणध्वज लोहार
जेष्ठ-३१ सुनसरी ।
सुनसरीको भर।ैलको महेन्द्र माविमा दलित अभिभावकहरुले तालावन्दी गरेका छन ।
विधालयमा दलित छात्रवृद्धि समयमा वितरण नगरेको नियमित पढाइ सुचारु गर्नु पर्ने लगायतका मागहरु राखेर दलितहरुले तालावन्दी गरेको स्थानिय कुमारी विश्वकर्माले वताउनु भयो ु । उनीहरुले विधालयका कार्यालयमा शिक्षकहरुलाइ थुनेका कारण विधालयको पठन पाठन ठप्प भएको छ । विधालयले विगत तीन वर्ष देखि विधालयमा अध्ययनरत वालवालिकाको छात्रवृद्धि नदिएको वताएका छन ।अभिभावकहरुले पुस्तकको पैसा समेत नदिएको वताएका छन ।सरकारले दलित वालवालिकालाइ छात्रवृद्धि र निशुल्क शिक्षा दिने प्रावधान गरेको छ
Posted by Rajendra Bishwakarma on June 17th, 2009 in समचार
Posted: June 14, 2009
टेलिशृंखला ‘दलन’ बेलायतस्थित वन वल्र्ड मिडिया ट्रष्टको स्पेसल अवार्डको सर्ट लिस्टमा परेको छ । ट्रस्टले मिडिया सम्बन्धी विश्वभरका १२ क्षेत्रमा अवार्ड प्रदान गर्दै आएको छ ।
‘दलन’ उक्त अवार्डमा नोमिनेसनमा परेको मुलुककै पहिलो टेलिशृंखला भएको निर्माता जागरण मिडिया सेन्टरका पूर्ण बराइलीले दाबी गरे । ‘विभिन्न जाति र समुदायमा भाइचाराको भावना विकास गराउने यो शृंखलाको,’ निर्देशक नवीन सुब्बाले शनिबार भने, ‘असारभर प्रतिनिधि भागहरू पुनः प्रसारण गर्नेछौं ।’ दलित विषयवस्तुमा आधारित ‘दलन’ का ४ सय फिल्म क्लब बनिसकेको पनि उनले बताए । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 13th, 2009 in समचार, पुस्तक
सरोजदिलु विश्वकर्मा
जेष्ठ-२९, काठमाडौं ।
दलित साहित्यकारहरुको साझा संगठन नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले साहित्यकार तथा राजनीतिज्ञ रणेन्द्र वरालीद्धारा लिखित ूइतिहासको एक पैकाू को यही शुक्रबार राजधानीमा समिक्षात्मक छलफल गरेकेा छ । संवैधानिक संवाद केन्द्र बानेश्वरमा भएकेा उक्त कार्यक्रममा उपन्यासका मुख्य पात्र रुपलाल विश्वकर्माका समकालिन दलित तथा गैरदलित ब्यक्ति तथा साहित्यकारहरुले रुपलालले कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान र उनको पतनको कारणबारे उपन्यासले प्रशस्तरुपमा पस्कने जमर्को गरेको बताएका थिए । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 12th, 2009 in समचार, संविधान सभा
कृष्ण विश्वकर्मा
जेष्ठ २८- गुल्मी उत्पीडित समुदाय उत्थान केन्द्र गुल्मीको आयोजनामा जिल्लाको हुगां गाविसमा लोकतान्त्रिक संवाद कार्यक्रम जेष्ठ २८ गते सम्पन्न भएको छ ।
आगामी संविधानमा दलित अधिकारको हक अधिकारको ग्यारेन्टी र दलित समुदायलाई संविधानका वारेमा सुसुचित गर्ने उद्देश्यका साथ यस कार्यक्रमको आयोजना गरिएको कार्यक्रम सहजकर्ता कमला विश्वकर्मा वताउनुहुन्छ । युएनडिपीको आर्थिक सहयोगमा राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र उत्पीडित समुदाय उत्थान केन्द्रको आयोजनामा आगामी संविधानमा दलित अधिकारको सुनिश्चतता कार्यक्रम जिल्लाको २४ वटा गाविसमा संचालन गर्न लागिएको हो ।
उक्त हुगां गाविसमा भएको कार्यक्रममा युएनडिपीका ग्यारेन्ट म्यानेजर सुरेन्द्र चौधरी र मोम विश्वकर्माको पनि उपस्थिती रहेको थियो । दलित समुदायको उत्साहजनक उपस्थिती रहेको कार्यक्रमको सहजीकरण कमर्ला विश्वकर्माले गर्नुभएको थियो ।
Posted by Rajendra Bishwakarma on June 12th, 2009 in समचार
रणध्वज लोहार/सुनसरी
जेष्ठ-२९ दलित वर्ग उत्थान जिल्ला समन्वय समिति सुनसरीका उपाध्यक्ष नारायण परियारले सरकारले दलित उत्थानका लागि कम वजेट छुटयाएको वताउनु भएको छ ।
सरकारले वजेट त छुट्यायो तर समग्र सुनसरीम्ाा दलितहरुको सख्या हेर्ने हो भने त्यो हातीका मुखमा जिरा मात्रै भएको उहाँले वताउनु भएको छ । सुनसरीमा मात्रै होइन यो देस भरीकै दलितहरुका लागि वजेट कम भएको गुनासो गर्नु भयो । सुनसरीको भरौलमा दलित अधिकारका लागि ३ दिने नेतृत्व विकास तालिममा उहाले सो कुरा वताउनु भएको हो । उहाले साच्चै दलितको उत्थान र विकास गर्ने हो भने सरकारले कम्तीमा ५० लाख माग गर्नु भएको छ । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 11th, 2009 in समचार
रणध्वज लोहार/सुनसरी
जेष्ठ २८- माओवादी निकट दलित मुक्ति मोर्चाले नागरीक सर्वोच्चताको माग राख्दै आज सुनसरीमा दुइ घण्टा चक्का जाम गरेको छ । मोर्चाले राष्ट्रपतिको कदम सच्याउनु पर्ने र भारतले सीमा मिचेको विरोधमा बिहान १० बजे देखि १२ बजे सम्म चक्का जाम गरेको हो । चक्का जामका कारण सवारीका साधन चल्न सकेनन् ।
Posted by Rajendra Bishwakarma on June 11th, 2009 in समचार
रणध्वज लोहार
जेष्ठ २८- दलित संघ-संगठनका लागि बजेट बिनियोजन नगरेका भन्दै उदयपुरका १६ वटा दलित संघ संगठनले आज हुने भनिएको दोस्रो जिल्ला परिषद स्थगित गर्न माग गर्दै मुल गेटमा तालाबन्दी गरेका छन् ।
परिषद उदघाटनको तयारी गरिएको सदरमुकाम गाईघाट स्थित जिबिस सभा भबन सिटिहलको मुख्य गेटमा तालाबन्दी गरी दलितहरु नाराबाजी गरिरहेका छन् । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 11th, 2009 in समचार
रुपा गहतराज
नेपालगंज २५जेठ
दलित भएकै कारण बुहारीलाइ घर भित्रयाउन अस्वीकार गरीरहेका मधेसी जनअधिकार फोरमका इलाका सचिव रामगोपाल तमौलीको परिवार घरमा ताला लगाएर भागेका छन । बुहारी संगिता बस्फोरलाइ घर भित्रयाउन जेठ १९गते मानवअधिकारबादीको टोली गाउका अगुवा र प्रहरी घर आउने थाहा पाएपछि तमौलीका परिवार भागेका हुन । शमशेरगंज गाबिस वडानं२ अकलघरुवा निवासी नेता तमौलीका छोरा सोनी तमौली ले वडानं ४चौधरीया गाउकी सगितासगं प्रेम बिबाह गरेपनि दुइ साता बितिसक्दा पनि तमौलीका परिवारले बुहारी भित्रयाउन मानेका छैनन । अधिकारवादी हरुभने सगितालाइ ्न्याय दिलाउन लागि परेका छन । Continue reading this post…
Posted by Rajendra Bishwakarma on June 11th, 2009 in समचार
-जे.वी. विश्वकर्मा

ललितपुर प्युटार-७ की कल्लिकुमारी विकलाई बोक्सीको आरोपमा कुटपिट गर्नुका साथै दिसा समेत खुवाउने शिक्षिका विमला लामा गोले आज ललितपुरबाट पक्राउ परेकी छन् । ८२ दिनपछि घटनाकी प्रमुख दोषी पक्राउ परेकी हुन् ।
ललितपुरको मानभवनबाट पक्राउ परेकी बिमला आफूविरुद्ध परेको सार्वजनिक अपराध सम्बन्धी मुद्दाका विषयमा जानकारी लिन गाउँकै हजुरबुबा पर्ने नेपाली कांग्रेस जिल्ला उपसभापति कपिलबहादुर लामासँग जिल्ला प्रशासन कार्यालय जाँदैथिइन ।चैत्र ७ गते कल्लिकुमारीलाई बोक्सीको आरोपमा कुटपिट गरेको स्वीकार गर्दै उनले भनिन् ुगाउँमा अरुले पनि बोक्सी भन्ने गर्थे । म बिरामी परेको बेला चाबहिलमा बस्ने कार्की थरका धामीले उनी नै बोक्सी भएको बताएपछि मैले कुटपिट गरेको हुँ ।ु उनले आफूलाई लागेको रोगबारे भने स्पष्ट बताइनन् । Continue reading this post…